
जाजरकोट, २० असोज । मदन भण्डारी स्पोर्ट्स एकेडेमी जाजरकोट जिल्ला कमिटी सचिवमा सिवालयका युवा व्यावसायी लोकेन्द्र जङ्ग राना सर्वसम्मत चयन भएका छन् ।
एलिसा डिजाइनस एण्ड बिल्डर्स का संचालक समेत रहेका राना जाजरकोटको शिवालय गाउँपालिका वडा न. ०१ का स्थायी बासिन्दा हुन् । राना लामो समयदेखि आफ्नो जन्म थलो जाजरकोटमा समाजसेवामा तल्लीन छन् ।
जाजरकोटको समृद्धि र बिकासमा युवाको सङ्लग्नतालाई उच्च बनाउने कुरामा ऊनी लागिपरेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी मार्फत युवाहरूलाई खेलकुद क्षेत्रमा अब्बल बनाउने रानाले प्रतिबद्धता जनाएका छन् ।
राना स्थानीय स्तरमा प्रभावसाली युवा नेताको छवि बनाउन सफल देखिन्छन् । युवाहरूका माझ लोकप्रिय राना औपचारिक रूपमा रानाले मदनभण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला कमिटी सचिवको जिम्मेवारी ग्रहण गर्दै राजनीतिक जीवनको सुरुवात गरेका छन् ।
समग्र जाजरकोटि जनता एवम् युवाहरूलाई सकारात्मक चिन्तनको बिकास गराउदै समृद्धिको महायज्ञमा जुटाउने अभियानमा दृढतापुर्वक लाग्ने अठोट रानाले गरेका छन् ।
जाजरकोटि युवाहरूको अन्तर्निहित क्षमता लाई उजागर गर्ने आधारस्तम्भको रूपमा उक्त मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई क्रियाशिल बनाउने उनको सोछ रहेको बताएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी जाजरकोट जिल्ला समितिको नेतृत्व लोकेन्द्र सिंहले गरेका छन् ।















प्रतिक्रिया