
काठमाडौँ, २० असोज । सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको बैठकको निर्णय कार्यान्वयन गर्नेबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि बैठकमा ठोस निष्कर्ष भने ननिस्किएको उनले बताए ।
त्यस्तै, बैठकमा मन्त्रिपरिषद गठनबारे कुनै छलफल नभएको बताइएको छ ।
त्यस्तै, प्रवक्ता श्रेष्ठले संगठन विभागको कार्ययोजनामा तथा संवैधानिक राजनीतिक नियुक्तिका विषयमा पनि छलफल भएको बताए ।















प्रतिक्रिया