सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बैंङलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

दैनिक नेपाल २०७७ असोज २० गते ७:२७

काठमाडौं २० असोज । बैंङलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको प्रतिस्पर्धामा दिल्लीले रोयल च्यालेन्जर्स बैंङलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंङलोरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बैंङलोरले भने ५ खेलमा ६ अंक मात्रै जोडेको छ ।

दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बैंङलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १र१ विकेट लिए । बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।

यस्तै नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम् डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित