७ कार्तिक २०८३, शनिबार

कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंक लि. को विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा जगतका ख्याति प्राप्त कलाकारद्वय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।