
सुनसरी, १९ असोज । विदेश पठाइदिन्छु भन्दै नगद २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ४ बस्ने पर्वत कुश्मा नगरपालिका ११ घर भएका सुमन कार्की क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ईटहरी उपमहानगरपालिका ६ संगित चोक बस्ने भोजपुर अरुण गाउँपालिका ५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















प्रतिक्रिया