![]()
काठमाडौँ, १९ असोज । एक महिलाले थापाथलीस्थित प्रसूति गृहमा एकै पटक ५ जना शिशुलाई जन्म दिएकी छन् ।
नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले थापाथलीस्थित प्रसुती गृहमा सोमबार विहान शल्यक्रियामार्फत एकै पटक ५ शिशु जन्माएकी छिन् ।
जन्मिएका ५ शिशुमध्ये एक जना मृत रहेको जनाइएको छ ।
गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सकले बताए । चिकित्सकहरुका अनुसार अपरेशन गरेपछि मात्रै ५ जना शिशु रहेको थाहा पाइएको बताए ।
अन्य ४ जना शिशहरु भने जीवित छन् । ति महिला एक महिनादेखि अस्पतालमा भर्ना भएकी थिइन् ।
जन्मिएका ४ जना छोरी हुन् भने मृत भने छोरा रहेको जनाइएको छ । उनको तौल सामान्य भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् । अस्पतालका अनुसार ३ जना शिशुलाई अब्जर्भेसनमा राखिएको छ भने तौल निकै कम भएकालाई आईसीयूमा राखिएको छ ।
एकै पटक ५ शिशु जन्माएकोले रक्तश्रावको जोखिम रहेको भन्दै सुत्केरी महिलालाई केही समय चिकित्सककै निगरानीमा राखिने बताइएको छ ।
महिलाका श्रीमान हरिकुमार तामाङ एकै पटक ४ सन्तान प्राप्त हुँदा हर्ष र चिन्ता दुवै भएको बताउँछन्
विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतिले सन्तान जन्माएका हुन् । बिचमा गर्भ रहेपनि दुई पटक खेर गएको बताइएको छ ।















प्रतिक्रिया