८ कार्तिक २०८३, आइतबार

अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ असोज । नेपालका लागि अस्टे«लियाका राजदूत पीटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्टे«लियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गरेको योगदानको प्रशंसा गरे ।

उनले नेपाल र अस्टे«लिया दुवै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले हालैनेपाल र अस्टे«लियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे ।

उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्टे«लियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले नेपालमा अस्टे«लियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दासो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गरे ।

बिदाई भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन वर्षे नेपाल बसाइ सुखद भएको जानकारी दिंदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागि रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल र अस्टे«लियाबीच सुरु भएको सिधाहवाइसेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्टे«लियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिए ।

नेपाल र अस्टे«लिया दुवैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ, राजदूत बडले भने, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’ उनले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।