
काठमाडौँ, १९ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार १ सय ७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी उपत्यकामा १ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
आइतबार उपत्यकामा १ हजार ५ सय ९९ जना संक्रमित थपिएका थिए ।
देशभर सोमबार थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय ५४ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया