७ कार्तिक २०८३, शनिबार

थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १९ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ५ सय ५४ पुगेको छ ।

सोमबार देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार १ सय ३३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।