
काठमाडौँ, १९ असोज । नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार १ सय ३३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।
हाल देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ५४ जना पुगेको छ ।















प्रतिक्रिया