१ कार्तिक २०८३, आइतबार

परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । दशैं–तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईले परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ ।

भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो । जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन् ।

भिडियोमा परदेशी युवकले दशैं–तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ । खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ ।

ध्रुवप्रसाद अम्गाई लामो समयदेखि गीत सङ्गीतमा सक्रिय छन् । उनका केही गीतहरु सार्वजनिकको तयारीमा छन् ।

भिडियो–

https://youtu.be/ofPloGg7_Co