१ कार्तिक २०८३, आइतबार

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाको अदली बदली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेपाली सेनाले दक्षिण सुडानमा तैनाथ हाई रेडिनेस कम्पनी (एचआरसी) को अदली बदली गरेको छ ।

सेनाका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनको एचआरसीको नियमित अदली बदलीको क्रममा असोज १९ गते अर्थात आज सोमबार पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

कोभिड १९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु असोज २० गते अर्थात मंगलबार नेपाल आईपुग्ने योजना रहेको छ ।