
काठमाडौं, १९ असोज । ई–सेवा मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ई–सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू. १०० बराबरको रिचार्ज जित्न सकिन्छ । ई–सेवा मनी ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा रू. १०० बराबरको रिचार्ज पाइने कम्पनीले बताएको छ ।
यस्तै सिधै ई–सेवा खातामा रकम प्राप्त गर्दा ई–सेवा खातामा रू. १०० बोनस प्राप्त गर्न सकिने छ । यो योजना मंसिर ६ गतेसम्म लागू हुने बताइएको छ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।
ई–सेवा मनी ट्रान्सफरले जापान, मलेसिया, बहराइन, यूएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफूहरुले काम गरिरहने कम्पनीको भनाइ छ ।















प्रतिक्रिया