१ कार्तिक २०८३, आइतबार

ग्लोबल आईएमई बैंकद्वारा ३ वटा नयाँ शाखारहित बैंकिङ सेवा शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । ग्लोबल आईएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमानयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यी ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।

पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका–८ सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय छवि सरा सिञ्जाली, रौतहटको जिल्लाको कटहरिया नगरपालिका–५ कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय महमद जलालुदीन हकर र गुल्मी जिल्लाको मालिका गाउँपालिका–६ अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न सकिने बैंकको भनाइ छ ।

यस्तै डिशहोम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायत सेवा पनि यी शाखाबाट प्रदान गरिने बैंकले बताएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बताएको छ ।

ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ वटा एटीएम, ४३ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २२५ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।