
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी माग गरेका छन् ।
सोमबार ट्विट गर्दै राणाले लेखेका छन्, ‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो । प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयंको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । यो विश्वव्यापी प्रचलन पनि हो ।’
आइसोलनमा बस्नु पर्ने नपर्ने सरकारले औपचारिक जानकारी सार्वजनिक गर्नु उपयुक्त हुने उनको धारणा छ । प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू कोरोना संक्रमित प्रमाणित भएपछिको अवस्थामा अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ ।















प्रतिक्रिया