१ कार्तिक २०८३, आइतबार

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो ।

तर, कांग्रेसको उक्त प्रस्ताव नेकपाले अस्वीकार गरेपछि काँग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेको हो ।

संसदमा नेपाली काग्रेससँगै फोरमका सांसदहरुले पनि नाराबाजी गरेका छन् । यसअघि फोरमले पनि कांग्रेसलेझैं प्रस्ताव अगाडि सारेको थियो ।

कांग्रेस र फोरमको विरोधपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।