७ कार्तिक २०८३, शनिबार

वडा दशैंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” यो जना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्गपोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘first come first serve’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरणको लागि  https://www.sanimabank.com/products/cards/discount-outlets  मा लग इन गर्नुहोला ।