
काठमाडौँ, १८ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ३ सय ७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी उपत्यकामा १ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
शनिबार उपत्यकामा १ हजार १ सय ७७ जना संक्रमित थपिएका थिए ।
देशभर आइतबार थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय ३५ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया