७ कार्तिक २०८३, शनिबार

थप २२ सय ५३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुग्यो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ३ सय २९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

हाल देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ५ सय ३५ जना पुगेको छ ।