८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीद्वारा सबै भेटघाट बन्द

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन् ।

बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका बालुवाटार स्रोतले जनाएको छ ।

शनिबार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, पररष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, बालुवाटारमा कार्यरत २८ नेपाली सेना, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरि ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, अझै ४५ जनाको पीसीआर रिपोर्ट आउनै बाँकी रहेको जनाइएको छ ।