
विराटनगर, १७ असोज । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमा ९६ महिला र १५९ पुरुष हुन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय २२, मोरङमा १ सय २, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३ ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।
जसमध्ये विराटनगर महानगरमा मात्रै ८७ जना संक्रमित थपिएका छन् । सुनसरीको धरान उपमहानगरमा ९८ जनामा संक्रमण देखिएको छ ।
यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ३२ पुगेको छ । जसमा ३ हजार ७ सय २५ जना निको भएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, शनिबार प्रदेश १ बाट थप २ सय ८७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २ सय ६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जेनरल अस्पताल हरिनगरबाट ९र९, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ । यस प्रदेशमा हालसम्ममा १ लाख २६ हजार ८ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया