
काठमाडौँ, १७ असोज । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
खरेलले आफूलाई संक्रमण पुष्टि भएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफू चाँडै निको भएर जनताको सेवामा जुट्ने बताएका छन् ।
आफू होम आइसोलेसनमा बसेको पनि खरेलले जानकारी दिएका छन् ।
उनले अग्र भागमा रहेर कोरोना संक्रमण भएकाहरुको भ्रम र प्रचारको खेती नगर्न समेत आग्रह गरेका छन् ।
खरेलले लेखेको स्ट्याटस :
म सात दिनको अबधीमा व्यक्तिगत रुपमा कसै संग अयिकभ अयलतबअत मा बस्न हुदैन भन्ने जानकारीमा थिए । भौतिक दूरि कायम गरि केही मीटिङ्मा बसे।
सबैलाइ सतर्क रहन भने।बस्नै पर्ने केही ठाउमा पुगे तर्बिन मास्क बसेको छैन । अफिसमा पनि सबैलाइ भनिरहेको टढा रहन। केहिले मलाई अपराधी सरह प्रस्तुत गरिरहेको र केही नजिकका मित्रहरु पनि मेरा विरूद्ध लागिरहेको महसुश भैरहेको छ।
यो खेतीले कसैलाइ नाफा होला ? म आफू रहरले कुनै कफि शप ,रेस्टुरेन्ट वा मनोरञ्जनको लागि हिड्ने सोख राख्दिन।तसर्थ मेरो कारणले नै कुनै मित्र लाई दुख पर्न गएको लागेको भए ,मेरो सम्पर्क गरेको जस्तो लागेको भए जिम्मा लिन तयार छु।
किनभने हामी सबैको हरेक दिन आबस्यक काम कै लागि खट्पनु रेको हो। कम्तिमा १ हप्ता पछि पुन फर्कने नै छु होला! मेरा मित्रहरु मैदान जुटिरहनु भैरहेको छ।अझ व्ववस्थित तवरले जुट्नु हुनेछ ।















प्रतिक्रिया