
काठमाडौँ, १६ असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने निर्णय भएपछि नेवि संघले त्यसको विरोध गरेको छ । संघले रुपन्देहीमा टायर बालेर विरोध गरेको छ ।
प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने निर्णय गरेको थियो भने आन्तरिक मामिला मन्त्रीले यो प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको हो ।
प्रदेश सरकारको निर्णयको दाङमा स्वागत भएको छ भने रुपन्देहीमा विरोध सुरु भएको हो ।
उक्त निर्णयको कांग्रेसका भातृ संगठन नेवि संघले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन गर्ने बताएका छन् ।
विज्ञप्तिमा कुनै छलफल बिन यस्तो प्रस्ताव लगिएकोले विरोध गरिने जनाइएको छ । “यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ सभापति रज्जाकले भनेका छन् ।
उक्त प्रस्तावमाथि आगामी सोमबार प्रदेश सभामा छलफल हुनेछ ।















प्रतिक्रिया