७ कार्तिक २०८३, शनिबार

थप २७ सय २२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुग्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो हालसम्मकै उच्च संक्रमण हो ।

यससँगै संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ३ सय ७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

हाल देशभर २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ५ सय २० जना पुगेको छ ।