
काठमाडौँ, १६ असोज । नेपाल वायुसेवाका वरिष्ठ पाइलट विजय १८ दिनको अस्पताल बसाइपछि कोरोनामुक्त भएका छन् ।
उनले आफ्नो अनुभव सेयर गर्दै कोरोनाभाइरस संक्रमणलाई एक गम्भीर रोग भनेका छन् ।
उनले कोरोनालाई सामान्य सम्झने गल्ती नगर्न पनि बारम्बार भनेका छन् ।
आज पनि उनले एक स्टाटस लेख्दै भनेका छन्, ‘नयाँ जीवनको सुरुवाती जस्तै लाग्यो, त्यो कोरोना युद्धपछि ।’
उनले कोरोनाप्रति विजय प्राप्ती पछिको जीवन देश र नेपालीको सेवामै लगाउने प्रण समेत गरेका छन् ।
उनको सबै शुभचिन्तकको माया, साथ र प्रार्थनाकै कारण आफूले रोगलाई पराजित गर्न सफल भएको उनको अनुभव छ । लामाले सन्देश दिएका छन्, ‘कोरोना भोग्नेलाई मात्र थाहा हुन्छ, यो कति खतरनाक भाइरस हो ।’















प्रतिक्रिया