७ कार्तिक २०८३, शनिबार

तत्काल लकडाउन हुँदैन, हल्लाको पछि नलाग्नुस् : स्वास्थ्यमन्त्री ढकाल

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् ।

उनीहरूले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताए ।

सो अवसरमा मन्त्रीले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताए । उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताए ।