७ कार्तिक २०८३, शनिबार

वामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, असोज २१ गते बहस हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दा सर्वाेच्चले आज पनि हेर्दाहेर्दैमा राखेको छ ।

गौतमविरुद्धको संसद सदस्यको अयोग्यता सम्बन्धी मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको संवैधानिक इजलासले आज पनि हेर्दाहेर्दैमा राखेको हो ।

अब पुनः असोज २१ गते वुधबार बहस हुने जनाइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेपछि उनीविरुद्ध वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्रिपाठीले गौतम प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दो असोज ६ गते रिट हालेका थिए ।