७ कार्तिक २०८३, शनिबार

बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकको ५ लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बागलुङ, १५ असोज । बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री श्रीमा.किरण गुरुङ र भौतिक योजना मन्त्री श्रीमा. राम शरण बस्नेतबाट विशेष निरिक्षण भयो ।

उक्त अवसरमा बाढी प्रभावित बोबाङ वडा अन्तर्गतका स्थानियहरुसग उनीहरुले प्रत्यक्ष भेटघाट गरे । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रिय विद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षत विक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिईयो ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजना मन्त्रीले विशेष मन्तव्य राखेका थियो ।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु. ५ लाख सहयोग प्रदान गरेका छन् ।