७ कार्तिक २०८३, शनिबार

जितपुर चोकबाट एक पुरुष सम्पर्कविहीन, बुबाको खोजी गरिदिन छोरा ढकालको आग्रह

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १५ असोज । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुका उपाध्यक्ष रेशम ढकालका पुजनीय पिता लिलाराम ढकाल सम्पर्क विहीन भएका छन् ।

गत असोज १३ गते मंगलबार जितपुर ४ नं. चोकबाट ढकाल सम्पर्क बिहीन भएका हुन् । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ निवासी ६८ वर्षीय ढकाल गत मंगलबार दिउँसो करीब १२ बजे ४ नं. चोकमा गएको बेला हराएको छोरा रेशम ढकालले जानकारी दिएका छ्न् ।

सेतो सर्ट, कालो आस्कोट र कालो पाइन्ट लगाएका, खुट्टामा चप्पल लगाएका, गहुँगोरो वर्ण भएका झन्डै साढे ५ फुट उचाईका ढकाललाई चारैतिर खोज्दा पनि हालसम्म फेला नपरेको परिवारले दुखेसो पोखे ।’

बुबालाई आफन्तजन, इष्टमित्र सबैतिर खोज्यौं तर कतै फेला पर्नुभएन’ छोरा रेशम ढकालले गुनासो गरे । बुबाको खोजीकार्य गरिदिन छोरा ढकालले सबैसँग अपिल गरेका छन् ।

फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८४७२५५२८४ मा सम्पर्क गरि बुझाइदिनुहुन छोरा रेशम ढकालले आग्रह समेत गरेका छन् ।