
काठमाडौँ, १५ असोज । नेपाल आयल निगमले डिजेल मट्टितेलको मूल्य घटाएको छ ।
निगमले डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । भारतीय आयल कर्पाेरेसनबाट केही मूल्य घटेपछि नेपालमा पनि मूल्य समयोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब डिजेल र मट्टितेल काठमाडौँ उपत्यकामा ८९ रुपैयाँ कायम भएको छ ।
उक्त मूल्य बिहीबार राती १२ बजेदखि लागू हुने निगमले जनाएको छ ।
उता पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत राखिएको छ ।















प्रतिक्रिया