
काठमाडौँ, १५ असोज । नेपालमा थप ९ सय ६१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
हाल देशभर २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ९जना पुगेको छ ।















प्रतिक्रिया