
काठमाडौँ, १५ असोज । नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ ।
यससँगै संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९ सय ६१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।















प्रतिक्रिया