शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सरकार र कांग्रेसबीच सम्बन्ध बिग्रिदै

दैनिक नेपाल २०७७ असोज १५ गते ९:२०

काठमाडौं, १५ असोज । कोरोना महामारीका बेला राम्रोसँग काम गर्न नसकेको भन्दै आलोचनामा उत्रिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई घेराबन्दी गर्ने योजनाका साथ अगाडि बढेको छ ।

कांग्रेसले सरकारविरुद्ध सडक र संसद दुबै मोर्चाबाट दवाव सिर्जना गर्ने अवस्थामा पुगेको छ । कांग्रेसले भ्रष्टाचार, कोरोना महामारीका बेला सरकारले काम गर्न नसकेको, जनता भोकै मर्दा पनि चप लागेको जस्ता एजेण्डाहरू उठाएर सडक आन्दोलन गर्ने तयारीमा पुगेको हो ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेका बेला कांग्रेसले सरकारविरुद्ध मोर्चा खोलेको छ । असोज १९ गतेको केन्द्रीय कार्यसमितिको बैठकबाट आन्दोलन घोषणा गर्ने तयारी भएको छ ।

कांग्रेसले सडक र सदन दुबै मोर्चाबाट आन्दोलन गर्‍यो भने सरकारलाई ठूलो दवाव पर्नेछ । कोरोना नियन्त्रणमा काम गर्न नसकेको आरोप खेपेको सरकारलाई तनाब हुनेछ ।

कोरोना महामारीका कारण धेरै सर्वसाधारणहरू भोकै मर्नुपर्ने अवस्थामा छन् । सरकारले अति विपन्न र मजदुरहरूलाई राहतको व्यवस्था नगरेको आरोप छ ।

कांग्रेसले आन्दोलन घोषणा गर्नुमा सरकारसँगको सम्बन्धमा बिग्रिदै गएको संकेत गरेको छ । सरकारले पनि प्रमुख विपक्षी दललाई मिलाएर लैजानुपर्ने थियो । तर, नेकपाभित्रको विवाद मिलाउने, सत्ताको हलचल मिलाउनेभन्दा केही पनि काम हुन नसकेको कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।

‘सरकारले कुनै पनि काम गर्न सकेन । कांग्रेसले कोरोना रोक्न साथ दियो’, उनले भने, ‘कोरोना झन् बढिरहेको छ । जनता मरिरहेका छन् । भोकै मरेका छन् । कोरोनाका नाममा ब्रम्हलुट र भ्रष्टाचार भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित