शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नायिकालाई ज्यानमार्ने धम्की

दैनिक नेपाल २०७७ असोज १५ गते ८:४२

मुम्बई । बलिउड नायिका नुसरत जहानलाई ज्यान मार्ने धम्की आएको छ । दुर्गा भगवती अवतारमा तस्बिर सुट गरेको कारण उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको हो ।

दुर्गा अवतारमा खिचिएको तस्बिर उनले इस्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनी हातमा त्रिशुल समाएर दुर्गा अवतारमा देखिएकी छन् । तस्बिर सार्वजनिक गरेपछि धार्मिक विभेदको आरोपको समेत सामना गरेकी उनको सोही कारणले आलोचना समेत सुरु भएको थियो ।

सामाजिक सञ्जालमा धेरैले उनलाई मार्ने धम्की दिएका छन् भने केहीले मुस्मिल विरोधीको आरोप लगाएका छन् । उनको दुर्गा अवतारलाई देखेर केहीले मृत्युको समय समेत आएको बताएका छन् ।

तस्वीरका कारण केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई शरीर ढाकेर किन हाँस्न नसकेको ? भनेर प्रश्न पनि गरेका छन् । एक प्रयोगकर्ताले उनलाई नाम नुसरत जहानबाट परिवर्तन गरेर नुसु दास, घोष अथवा सेन राख्न पनि सुझाएका छन् ।

अभिनेत्री नुसरतलाई यस अगाडि पनि यस्ता धम्की आउने गरेका थिए । किनभने मुस्मिल परिवारमा जन्मिए पनि उनले हिन्दू ब्यक्ति निखिल जैनसँग विवाह गरेकी थिइन् । अभिनेत्री नुसरत हालै फिल्म ‘स्वास्तिक संकेत’को सुटिङका लागि लण्डन उडेकी छन् । यो उनको करियरको २३ औं फिल्म हो ।

प्रतिक्रिया
सम्बन्धित