शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आइएमई र आइएमई पेवीच नयाँ सम्झौता

दैनिक नेपाल २०७७ असोज १५ गते ८:३९

काठमाडौं, १५ असोज । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

समझदारीपछि विश्वभरिबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ ।

यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित