सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच सहकार्य

दैनिक नेपाल २०७७ असोज १४ गते २०:५५

काठमाडौँ, १४ असोज । कामना सेवा विकास बैंक लि. र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बीच व्यवसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बाट सिफारिस भइआएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्नेछ ।

यसबाट “आफ्नै व्यक्तिगत घर होस्“भन्ने सपना बोकेका ग्राहक महानुभावहरुको अभिलाषा पुरा गर्न सहज हुने कुरामा आफू विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.का प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय, ज्ञानेश्वरमा एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखातथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैँकिंग, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, अनलाइन एकाउन्ट ओपनिंग, सीएएसबीए, सोसियल मिडिया बैँकिंग लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको छ ।

बैंकले कोभिड–१९ को प्रभावले कार्यालयमा नै उपस्थित भई सेवा लिन असहज भएका ग्राहकहरुलाई घरमै बसी अनलाइनमार्फत कर्जा आवेदन गर्ने, खाता खोल्ने लगायतका सेवाहरु लिन सक्ने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित