शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मोरङमा १०२ सहित प्रदेश १ मा थपिए १५७ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असोज १४ गते १७:२१

काठमाडौँ, १४ असोज । प्रदेश नम्बर एकमा थप १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये मोरङका मात्रै १ सय २ जना रहेका छन् । ९ सय ७१ ज्नाको पीसीआर परीक्षण गरिएकोमा वुधबार ५२ महिला र १ सय ५ पुरुष गरी १ सय ५७ जनाको पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सुनसरीमा ४० जना, झापामा ९ जना, उदयपुर र ओगलढ्ंगामा एक एक र प्रदेश बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगरमा मात्रै २८ महिला र ४८ पुरुष गरी ७६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण हालसम्म प्रदेशमा ७१ जनाको मृत्यु भएको छ ।

वुधबार थप ५३ जनाले कोरोना जितेका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित