७ कार्तिक २०८३, शनिबार

थप १५ सय ५९ जनामा कोरोना पुष्टि, १ हजार ५७ निको

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ७७ हजार ८ सय १७ नाघेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ५७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

हाल देशभर २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ४ सय ९८ जना पुगेको छ ।