शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बारामा १२ बर्षीया बालिकामाथि करणी, आरोपी फरार, गाउँमै नमिले गोली चल्ने धम्की

दैनिक नेपाल २०७७ असोज १४ गते १५:२९

काठमाडौँ, १३ असोज । बारामा एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकामाथि असोज १ गते बेलुका २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको आरोप छ ।

बालिकालाई कृष्ण यादव भन्नेले जोगाएको भएपनि न्याया माग्न खोज्दा बालिकामाथि नै कुटपिट गरेको बताइएको छ ।

शिवपुजन नातामा काका पर्ने जनाइएको छ । घटनापछि फरार भएका छन् ।

गाउँमै यो घटनालाई मिलाउन दवाव आइरहेको बालिकाको परिवारको भनाइ छ । डेढ लाख लिएर चुपचाप बस्नु नत्र गोली चल्नसक्छ सम्मका धम्की आएको बालिकाकी आमा बताउँछिन् ।

बालिकाको परिवारले भने आफूहरुलाई पैसा होइन न्याय चाहिएको बताएका छन् ।

बालिकाको परिवारका अनुसार प्रहरीले पनि घरमै जानु भनेको बताएका छन् भने वडाध्यक्षले पनि साथ नदिएको बताउँछन् । तर वडाध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाऊन् भन्ने आफूले चाहेको बताउँछन् ।

अन्ततः असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा ऊजुरी दर्ता भएको छ र प्रहरीले भारत पसेका आरोपितलाई पक्राउ गर्न समन्वय भइरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित