शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रदेश १ मा वुधबार एकैदिन थप ४ कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ असोज १४ गते १५:१०

काठमाडौँ, १४ असोज । प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वुधबार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठनमा उपचाररत ४ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।

सुनसरीको इटहरी–५ का ७३ वर्षीय वृद्ध पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा वुधबार दिउँसो १२ः३५ बजे मृत्यु भएको उपचार केन्द्रले जनाएको छ ।

कोरोना पुष्टि भएसँगै श्वासप्रश्वास बढेपछि उनको उपचार थालिएको डेढ घण्टा नबित्दै मृत्यु भएको केन्द्रले जनाएको छ ।

त्यस्तै बुधबार बिहान ७ः३० बजे उपचारका क्रममा सुनसरीको हरिनगरा–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज ९ गते भर्ना भएका उनको ४ दिनपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो। असोज ४ गते ती पुरुष उपचार केन्द्रमा भर्ना भएका थिए।

उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलका अनुसार बुधबार बिहान मृत्यु भएका पुरुषलाई आठ दिनदेखि भेन्टिलेटरमा राखेर रेमडिसिभर औषधिसहित उपचार गरिएको थियो । एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

त्यसैगरी, धरानस्थित बिपी प्रतिष्ठानमा बुधबार बिहान ३ः१० मा सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यससँगै प्रदेश १ का विभिन्न अस्पतालमा कोरोना संक्रमित १९ महिला र ५२ पुरुष गरी ७१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित