शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

११ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७७ असोज १३ गते २०:३५

सांकेतिक तस्वीर

सप्तरी, १३ असोज । प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो ।

पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित