७ कार्तिक २०८३, शनिबार

सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १३ असोज । सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने २ जनालाई प्रहरीले भक्तपुरबाट फक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका १० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।