७ कार्तिक २०८३, शनिबार

चाडपर्वलाई लक्षित गरी “सेफ्टी पिन अभियानका” प्रहरी परिचालन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ असोज । आसन्न चाडपर्वलाई लक्षित गरी प्रहरीले सेफ्टी पिन अभियान सुरु गरेको छ ।

उपत्यकाको बढी भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा सेफ्टी पिन अभियान अन्तर्गत खटिएकका प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सो अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीहरूलाई मंगलबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा निर्देशन दिदै उक्त कुरा बताएका हुन् ।

पोखरेलले सो अभियान सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणको लागी खटाइएको भए पनि हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण लकडाउन अबधि समाप्त भइ सार्वजनिक यातायात संचालन भएता पनि भिडभाड नहुने तर व्यापारिक क्षेत्रहरूमा भिडभाड बढेकाले सो जनशक्तिलाई आजैबाट त्यस्ता क्षेत्रहरूमा परिचाल गरिएको बताए ।

सेफ्टि पिन अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिला माथीहुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने उनले बताए ।

लकडाउन खुले संगै महिला तथा वालबालिका विरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागी महिला प्रहरी निरीक्षक सहितको एयिष्अिभ ःयदष्भि ख्बल पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरि समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह गरिने समेत बताए ।