७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित, ३ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । काठमाडौँ उपत्यकामा थप ९ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ सय ४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ गरी उपत्यकामा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौँका एक जना र २ महिला गरी थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर मंगलबार थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ९१ जनाको मृत्यु भइसकेको छ ।