७ कार्तिक २०८३, शनिबार

मंगलबार काठमाडौँका यी स्थानमा साढे २ घण्टा विद्युत काटिने

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । मंगलबार काठमाडौँका केही स्थानमा साढे २ घण्टा विद्युत काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिंहदरबार २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बत्ती काटिनेछ ।

ती दुई फिडरअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार बैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा बत्ती काटिनेछ ।