
काठमाडौँ, १२ असोज । सरकारले एसियाली विकास बैंकबाट करिब १८ अर्ब रुपैयाँ सहुलियपूर्ण ऋण प्राप्ती गर्नका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
यो रकम नेपालका विमानस्थलहरुको मर्मतका लागि प्रयोग गरिने भएको छ ।
त्यस्तै, बैठकले नेपाल बाल संगठनलाई १ करोड ५० लाख उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
https://drive.google.com/file/d/1NGvhKPZEjYqzlbqntzNBDCAc9–0uX7d/view?usp=drivesdk
https://drive.google.com/file/d/1IFTkOqfMiGANO4rPNdAF-7IscAMMDPDu/view?usp=drivesdk















प्रतिक्रिया