शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु

दैनिक नेपाल २०७७ असोज १२ गते १९:०५


धरान, १२ असोज । धरान उपमहानगरपालिका–२ की एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उहाँको कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिए । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित