शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ असोज १२ गते १८:५३

चितवन, १२ असोज । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा रत्ननगर नगरपालिका ६ बछौली बस्ने ६० वर्षीय बबना चौधरीको बाघको आक्रमबाट सोमबार बिहान मृत्यु भएको छ ।

घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर टाढा घाँसे मैदानमा उनको शव फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित