शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालका लागि युरोपियन युनियनकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

दैनिक नेपाल २०७७ असोज ११ गते २१:३९

काठमाडौँ, ११ असोज । नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत तथा युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासका नोना डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालका लागि युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू निकै खुशी भएको बताइन् ।

उनले भनिन्, ‘म नेपाललाई हेर्न–बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदारहरु र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित छु ।’

झण्डै पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दो विकास साझेदार र मुख्य दाताका रुपमा रही आएको छ । ईयूले नेपाल सरकारसँगको सहमति अनुरुप तीन प्राथमिक क्षेत्रमा सहकार्य गरिरहेको छ ।

यो सहयोगका लागि ईयूले ‘टिम युरोप इनिसिएटिभ’ को मर्मअनुरुप अन्य ईयू सदस्य राष्ट्रहरुसँग निकट रुपमा संयोजन गरेको थियो । विश्वव्यापी रुपमा पनि ईयूले १६ अर्ब युरोको कोष निर्माण गर्न सहयोग गरेको थियो ।

विश्वका लागि नै कोरोनाको खोप, परीक्षण तथा उपचार गर्न त्यो कोषलाई उपयोग गरिने नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित