
काठमाडौँ, ११ असोज । नेपाल धितो पत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउने भएको छ ।
रु. ५० लाख अथवा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५५ को आकर्षक ब्याजदरमा उपलब्ध छ ।
आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्ग निर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।
नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।
साथै यसले नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्पm केन्द्रित गरेको छ ।















प्रतिक्रिया